न्युजिल्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनले जापानका प्रधानमन्त्री Takaichi Sanae सँग भएको कुराकानीबारे जानकारी दिएका छन्। उनले कठिन समयमा नजिकका मित्र देशहरूको महत्त्व अझ बढ्ने उल्लेख गर्दै यस विषयमा दुई देशबीच सकारात्मक संवाद भएको बताए।
प्रधानमन्त्री लक्सनका अनुसार मध्यपूर्वमा भइरहेको द्वन्द्वका कारण मानवीय क्षति मात्र होइन, इन्डो–प्यासिफिक क्षेत्रमा आर्थिक असर पनि देखिएको छ। यस्तो अवस्थामा कूटनीतिक समाधान सफल होस् र क्षेत्रीय स्थिरता कायम रहोस् भन्नेमा दुवै देश सहमत भएको उनले उल्लेख गरेका छन्।
दुवै नेताबीच आपूर्ति श्रृंखला (Supply Chain) खुला राख्ने विषयमा पनि सहमति भएको छ। इन्डो–प्यासिफिक क्षेत्रमा देखिएको संकटको प्रभाव व्यवस्थापन गर्न खुला आपूर्ति प्रणाली आवश्यक रहेको उनीहरूको निष्कर्ष छ। जापान न्युजिल्याण्डका लागि इन्धन आपूर्तिको महत्वपूर्ण स्रोत भएको र आगामी दिनमा पनि यो सहयोग निरन्तर रहने विश्वास व्यक्त गरिएको छ।
यसैबीच, जापानको नयाँ रक्षा निर्यात नीति (Defence Exports Regime) बारे जापानी प्रधानमन्त्रीले जानकारी गराएका थिए। प्रधानमन्त्री लक्सनले जापानलाई न्युजिल्याण्डको महत्वपूर्ण सुरक्षा साझेदारका रूपमा उल्लेख गर्दै दुई देशबीचको सहकार्य अझ सुदृढ हुने विश्वास व्यक्त गरेका छन्।


