२२ लाख दर्शक पाएको Due Drop Events Centre मा हुदै छ नेपथ्यको ऐतिहासिक कन्सर्ट – New Zealand News Nepal (NZ News Nepal)

२२ लाख दर्शक पाएको Due Drop Events Centre मा हुदै छ नेपथ्यको ऐतिहासिक कन्सर्ट

   April 23, 2026  

अकल्याण्डस्थित ड्यु ड्रप इभेन्ट्स सेन्टरले एक दशकभन्दा बढी समयदेखि लाखौँ दर्शकलाई मनोरञ्जन र विविध कार्यक्रमको अनुभव प्रदान गर्दै आएको छ। हालसम्म २२ लाखभन्दा बढी आगन्तुकलाई स्वागत गरिसकेको यस केन्द्रमा हजारौँ कार्यक्रमहरू आयोजना भइसकेका छन् जसमा कन्सर्ट, सम्मेलन, प्रदर्शनी, मेला, फेसन शो, नाटक, विवाहदेखि लिएर सामुदायिक गतिविधि र कार्यशालासम्म समावेश छन्।

समुदायको तर्फबाट Waka Pacific Trust द्वारा सञ्चालन हुँदै आएको यो केन्द्र अकल्याण्डकै प्रमुख र प्रतिष्ठित इभेन्ट स्थलका रूपमा परिचित छ। मोटरवे नजिकै अवस्थित यो स्थल अकल्याण्ड अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्र १० मिनेटको दूरीमा रहेकोले आयोजक र सहभागी दुवैका लागि अत्यन्त सहज र उपयुक्त स्थान मानिन्छ।

यस केन्द्रको विशेषता यसको विशालता हो। एउटै छानामुनि १० जनाको बोर्ड मिटिङदेखि १२०० जनाको सम्मेलन र ४००० दर्शक अट्ने कन्सर्टसम्म सहजै आयोजना गर्न सकिन्छ। अनुभवी प्राविधिक टिम, उच्चस्तरीय क्याटरिङ सेवा र आधुनिक अडियो–भिजुअल सुविधाले यहाँ हुने कार्यक्रमहरूलाई सफल बनाउँदै आएका छन्।

यसैबीच, लोकप्रिय नेपाली ब्यान्ड नेपथ्यको बहुप्रतिक्षित कन्सर्ट यही सेन्टरमा आगामी मे १० मा आयोजना हुने तय भएको छ। हाल कन्सर्ट्को तयारी तीब्र रुपमा भईरहेको आयोजक लाखे इभेन्ट्सले जनाएको छ । न्युजिल्याण्डस्थित नेपाली समुदायबीच ठूलो उत्साह सिर्जना गरेको यस कन्सर्टले सेन्टरमा फेरि एकपटक सांगीतिक माहोल तताउने अपेक्षा गरिएको छ।

सेन्टरले देशकै सबैभन्दा ठूलो निःशुल्क स्कुल कार्यक्रम सञ्चालन गर्दै शैक्षिक क्षेत्रमा पनि योगदान पुर्‍याउँदै आएको छ। समुदायलाई केहि कुरा फर्काउने उद्देश्यसहित सञ्चालन गरिएका यस्ता पहलहरूले यसलाई केवल इभेन्ट स्थल मात्र नभई सामाजिक उत्तरदायित्व वहन गर्ने संस्थाका रूपमा समेत स्थापित गरेका छन्।