वेलिङ्टनमा ७३औँ एभरेस्ट डे मनाइने – New Zealand News Nepal (NZ News Nepal)

वेलिङ्टनमा ७३औँ एभरेस्ट डे मनाइने

   May 3, 2026  

न्युजिल्याण्डको राजधानी वेलिङ्टनमा ७३औँ एभरेस्ट डे विशेष कार्यक्रमका साथ मनाइने भएको छ।

Nepalese Society of Wellington को आयोजनामा आगामी मे २१ मा विशेष कार्यक्रम सञ्चालन हुने तय भएको हो। उक्त कार्यक्रम न्यूजील्याण्डको संसद भवनमा आयोजना गरिनेछ।

सन् १९५३ मा विश्वकै सर्वोच्च शिखर सगरमाथामा पहिलो पटक सफल आरोहण भएको ऐतिहासिक दिनको सम्झनामा हरेक वर्ष एभरेस्ट डे मनाउने गरिन्छ। यस दिन Sir Edmund Hillary र Tenzing Norgay ले संयुक्त रूपमा सगरमाथा सफलतापूर्वक आरोहण गरेका थिए।

यसअघि एभरेस्ट डे मे २७ मा मनाइने बताइएको भए पनि, मे २८ मा न्युजिल्याण्डमा बजेट भाषण तय भएकाले कार्यक्रमलाई अगाडि सारेर मे २१ मा आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।

कार्यक्रममा नेपाली समुदायका सदस्यहरू, स्थानीय प्रतिनिधिहरू तथा विभिन्न क्षेत्रका अतिथिहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।