न्युजिल्याण्डमा कोरोनाबाट मर्नेको संख्या ५ सय पुगेको छ । आज थप ११ जना संक्रमितको मृत्यु भए सँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ सय पुगेको हो । त्यस्तै आज थप ७ हजार ५ सय ९२ जना संक्रमित थपिएका छन् । न्युजिल्याण्डमा अहिले सम्म ७ लाख बढी मानिसमा कोरोनाको संक्रमण देखा परेको छ । त्यस्तै ६४० जनाको हाल अस्पतालमा उपचार भईरहेको छ ।


