नागरिक सुरक्षा आपातकालीन व्यवस्थापना विभागले आज आईतबार न्युजिल्याण्डमा आपतकालिन सुचनाको परिक्षण गर्ने भएको छ । आज साझँ न्युजिल्याण्डका करिब ५० लाख मानिसको मोवाईलमा आपतकालिन सुचना आउने छ । यो सुचना परिक्षणको लागि पठाईने भएकाले यस्लाई लिएर नआत्तिन विभागले अनुरोध गरेको छ । आपतकालिन मोवाइल सुचना आज साझँ ६ देखि ७ बजेको बिचमा पठाउने र उक्त सुचना देशभरका ५० लाख मानिसको मोवाईलमा भाईब्रेशन सहित एकैसाथ डेलिभर हुने बताईएको छ । सुचनाको प्रभावकारिता जाचँ गर्न र सुचना पठाउने नयाँ सिस्टमलाई प्रयोगमा ल्याउन आज साझँ आपतकालिन सुचनाको परिक्षण गर्न लागिएको हो ।



