न्युजिल्याण्ड सरकारको एजेन्डामा किवी बैंकको आंशिक निजीकरण

89 Shares

न्युजिल्याण्ड सरकारको स्वामित्वमा रहेको किवीबैंकमा आंशिक निजी लगानी भित्र्याउने विषय फेरि सरकारको एजेन्डामा आएको छ। सरकारले किवीबैंकलाई दीर्घकालीन वृद्धि र प्रतिस्पर्धात्मक क्षमता विस्तारका लागि विभिन्न विकल्प पुनः अध्ययन गर्न निर्देशन दिएको हो।

राज्य स्वामित्व उद्यम मन्त्री सिमियोन ब्राउनले किवीबैंकको मातृसंस्था किवी ग्रुप क्यापिटललाई पठाएको ‘लेटर अफ इन्टेन्ट’ मार्फत दीर्घकालीन वृद्धि योजनासहित पूँजी व्यवस्थापनका विकल्प पुनः समीक्षा गर्न आग्रह गरेका छन्।

यसअघि किवीबैंकले स्थानीय लगानीकर्ताबाट ५० करोड न्युजिल्याण्ड डलर बराबर पूँजी उठाउने योजना अघि सारेको थियो। तर गत वर्ष उक्त योजना स्थगित गरिएको थियो। अब सरकारले फेरि नयाँ सम्भावनाबारे अध्ययन गर्न निर्देशन दिएको हो।

सम्बन्धित समाचार

सबै