गायक सुजन चापागाईं जुलाई २५ मा क्राइस्टचर्च आउँदै – New Zealand News Nepal (NZ News Nepal)

गायक सुजन चापागाईं जुलाई २५ मा क्राइस्टचर्च आउँदै

   May 30, 2026  

लोकप्रिय नेपाली गायक सुजन चापागाईं आगामी जुलाई २५ मा न्युजिल्याण्डको क्राइस्टचर्चमा प्रस्तुति दिन आउने भएका छन्। आयोजकका अनुसार उक्त सांगीतिक कार्यक्रम क्राइस्टचर्चस्थित सेलिब्रेसन सेन्टरमा आयोजना गरिनेछ।

यसअघि जुलाई २० मा अकल्याण्डमा पनि सुजन चापागाईंको लाइभ कन्सर्ट आयोजना हुँदैछ। न्युजिल्याण्डमा रहेका नेपाली संगीतप्रेमीहरूबीच कार्यक्रमलाई लिएर उत्साह बढ्दै गएको बताइएको छ।

आयोजकले क्राइस्टचर्च कार्यक्रमको टिकट बुकिङ चाँडै खुल्ने जानकारी दिएका छन्। टिकट बिक्री, कार्यक्रमको समय तथा अन्य विस्तृत विवरण भने आगामी दिनमा सार्वजनिक गरिने बताइएको छ।

सुजन चापागाईं आफ्ना चर्चित गीतहरू ‘फूलथुंगे रानी’, ‘गाला पुक्क’, ‘लजाएर’ लगायतका प्रस्तुतिका लागि विशेष रूपमा परिचित छन्। उनका अन्तर्राष्ट्रिय कार्यक्रमहरूमा नेपाली दर्शकको उल्लेखनीय सहभागिता रहने गरेको छ।