सुजन चापागाईंको अकल्याण्ड कन्सर्टमा उत्साह, आज थप टिकट खुल्ने – New Zealand News Nepal (NZ News Nepal)

सुजन चापागाईंको अकल्याण्ड कन्सर्टमा उत्साह, आज थप टिकट खुल्ने

   June 9, 2026  

लोकप्रिय नेपाली गायक सुजन चापागाईं र द इन्फिनिटी ब्यान्डको बहुप्रतीक्षित सांगीतिक प्रस्तुति “Sujan Chapagain & The Infinity Band Live in Auckland” प्रति दर्शकहरूको उत्साह उच्च देखिएको छ।

आयोजक लाखे ईभेन्ट्सका अनुसार कार्यक्रमका लागि बिक्रीमा राखिएका ४०० भन्दा बढी अर्ली बर्ड टिकटहरू पूर्ण रूपमा बिक्री भइसकेका छन्। दर्शकहरूको अपार माया र समर्थनप्रति आयोजकले आभार व्यक्त गर्दै आगामी टिकट बिक्रीबारे महत्वपूर्ण घोषणा गरेको छ।

कार्यक्रमका लागि टिकटको अर्को चरणको बिक्री आज साँझ ५:०० बजेबाट सुरु हुने जनाइएको छ। आयोजकले सीमित संख्यामा उपलब्ध टिकटहरू छिट्टै सकिन सक्ने भएकाले इच्छुक दर्शकहरूलाई समयमै टिकट सुरक्षित गर्न आग्रह गरेको छ।

नेपाली संगीतप्रेमीहरूका लागि यो कार्यक्रम न्युजिल्याण्डमा आयोजना हुने यस वर्षकै सबैभन्दा ठूलो नेपाली सांगीतिक साँझमध्ये एक हुने अपेक्षा गरिएको छ। सुजन चापागाईंका चर्चित गीतहरू तथा द इन्फिनिटी ब्यान्डको विशेष प्रस्तुति हेर्न हजारौं दर्शक सहभागी हुने अनुमान गरिएको छ।

कार्यक्रम २० जुलाई मा अकल्याण्डमा आयोजना हुँदैछ।