न्युजिल्याण्डको राष्ट्रिय फुटबल टोली अल ह्वाइट्स ले २०२६ फिफा विश्वकपको पहिलो खेलमा इरानविरुद्ध उत्कृष्ट सुरुआत गरेको छ।
लस एन्जलसमा भइरहेको समूह ‘जी’ को खेलमा एलिजाह जस्ट ले खेलको सातौँ मिनेटमा गोल गर्दै न्युजिल्यान्डलाई १–० को अग्रता दिलाए।
खेलको सुरुआती समयमा इरानले बलमाथि बढी नियन्त्रण जमाए पनि न्युजिल्यान्डले पहिलो अवसरलाई सदुपयोग गर्दै अग्रता लिन सफल भयो।
यसअघि सोही समूहका अन्य दुई टोली बेल्जियम र इजिप्टबीचको खेल १–१ को बराबरीमा टुंगिएको थियो। त्यसैले यदि न्युजिल्यान्डले यो खेल जित्न सफल भयो भने समूह ‘जी’ मा एक्लै शीर्ष स्थानमा उक्लिनेछ।
अल ह्वाइट्स सन् २०१० पछि पहिलो पटक विश्वकप खेलिरहेको हो र टोली आफ्नो इतिहासकै पहिलो विश्वकप जितको खोजीमा छ।


