अकल्याण्डमा सुजन चापागाईंको कन्सर्टका लागि ५०० भन्दा बढी टिकट बिक्री, उत्साह बढ्दो – New Zealand News Nepal (NZ News Nepal)

अकल्याण्डमा सुजन चापागाईंको कन्सर्टका लागि ५०० भन्दा बढी टिकट बिक्री, उत्साह बढ्दो

   June 16, 2026  

अकल्याण्डमा आयोजना हुन लागेको नेपाली लाइभ कन्सर्टप्रति संगीतप्रेमीहरूको उत्साह उल्लेखनीय रूपमा बढ्दै गएको छ। आयोजक लाखे ईभेन्ट्सका अनुसार, लोकप्रिय नेपाली गायक सुजन चापागाईं र द इन्फिनिटीको बहुप्रतीक्षित सांगीतिक प्रस्तुति हेर्न हालसम्म ५०० भन्दा बढी दर्शकहरूले आफ्नो स्थान सुरक्षित गरिसकेका छन्।

टिकट बिक्रीको उत्साहजनक अवस्थाले कार्यक्रमप्रति नेपाली समुदायको ठूलो चासो रहेको संकेत गरेको आयोजकको भनाइ छ। दर्शक तथा शुभेच्छुकहरूबाट प्राप्त निरन्तर समर्थनप्रति आयोजकले आभार व्यक्त गर्दै कन्सर्टको उत्साह दिनप्रतिदिन थप बढ्दै गएको जनाएको छ।

यस कार्यक्रममा सुजन चापागाईंका लोकप्रिय तथा चर्चित गीतहरूको प्रत्यक्ष प्रस्तुति रहनेछ। साथै, द इन्फिनिटीसँगको विशेष सांगीतिक प्रस्तुतीले दर्शकहरूलाई अविस्मरणीय मनोरञ्जन प्रदान गर्ने अपेक्षा गरिएको छ।

‘सुजन चापागाईं एन्ड द इन्फिनिटी लाइभ इन अकल्याण्ड’ आगामी जुलाई २० मा अकल्याण्डस्थित Studio The Venue मा आयोजना हुँदैछ। टिकट बिक्री तीव्र गतिमा भइरहेको भन्दै आयोजक लाखे ईभेन्ट्सले इच्छुक दर्शकहरूलाई समयमै टिकट सुरक्षित गर्न आग्रह गरेको छ।