मातारिकीको अवसरमा सुजन चापागाईंको कन्सर्ट टिकटमा विशेष छुट

131 Shares

माओरी समुदायको नयाँ वर्ष मातारिकी को अवसर पारेर गायक सुजन चापागाईंको न्युजिल्याण्ड कन्सर्टका टिकटमा विशेष छुटको घोषणा गरिएको छ।

आयोजकका अनुसार आज बिहान १०:०० बजेदेखि सुरु भएको विशेष अफर अन्तर्गत टिकट खरिद गर्ने पहिलो ५० जना दर्शकले २५ प्रतिशत छुट प्राप्त गर्नेछन्। सीमित अवधिका लागि ल्याइएको यस अफरले दर्शकलाई सहुलियत मूल्यमा टिकट खरिद गर्ने अवसर प्रदान गर्ने आयोजकले जनाएको छ। टिकट खरिद गर्ने क्रममा “Access2 ” प्रयोग गरेर २५% विशेष छुटको सुविधा प्राप्त गर्न सकिनेछ।

सुजन चापागाईं जुलाई २० मा अकल्याण्डमा तथा जुलाई २५ मा क्राइस्टचर्चमा आफ्नो बहुप्रतीक्षित सांगीतिक प्रस्तुति दिन निर्धारित छन्। दुवै कार्यक्रममा सुजनका चर्चित तथा लोकप्रिय गीतहरू प्रत्यक्ष रूपमा प्रस्तुत गरिने भएकाले न्युजिल्याण्डभर रहेका नेपाली संगीतप्रेमीहरूमा विशेष उत्साह देखिएको छ।

आयोजकले छुटको सुविधा पहिलो ५० जना टिकट खरिदकर्ताका लागि मात्र उपलब्ध हुने भएकाले इच्छुक दर्शकलाई समयमै टिकट सुरक्षित गर्न आग्रह गरेको छ।

सम्बन्धित समाचार

सबै