अकल्याण्डमा सोमबार सुजन चापागाईंको प्रस्तुति, टिकट सीमित – New Zealand News Nepal (NZ News Nepal)

अकल्याण्डमा सोमबार सुजन चापागाईंको प्रस्तुति, टिकट सीमित

   July 16, 2026  

न्युजिल्याण्डको अकल्याण्डमा नेपाली चर्चित गायक सुजन चापागाईंको बहुप्रतीक्षित सांगीतिक प्रस्तुति आगामी सोमबार (जुलाई २०) हुने भएको छ। कार्यक्रम Studio The Venue, Auckland मा आयोजना हुने तय भएको छ।

आयोजकका अनुसार कार्यक्रमप्रति दर्शकको उत्साह उल्लेखनीय रहेको छ। टिकट बिक्री तीव्र गतिमा भइरहेको भन्दै आयोजकले अब १०० भन्दा कम टिकट मात्र बाँकी रहेको जानकारी दिएका छन्।

आयोजकले सामाजिक सञ्जालमार्फत कार्यक्रम हेर्न इच्छुक दर्शकलाई ढिला नगरी आफ्नो टिकट सुरक्षित गर्न आग्रह गरेका छन्। सीमित टिकट मात्र बाँकी रहेकाले अन्तिम समयमा टिकट उपलब्ध नहुन सक्ने आयोजकको भनाइ छ।

सुजन चापागाईंका चर्चित गीतहरू प्रत्यक्ष सुन्न र सांगीतिक माहोलको अनुभव गर्न चाहने नेपाली समुदायका लागि यो कार्यक्रम विशेष आकर्षणको केन्द्र बनेको छ। आयोजकले कार्यक्रम समयमै उपस्थित हुन र अग्रिम रूपमा टिकट सुनिश्चित गर्न सबैलाई अनुरोध गरेका छन्।