लाखे इभेन्ट्सको अर्को सफल कार्यक्रम: सुजन चापागाईंका गीतमा गुन्जियो अकल्याण्ड

110 Shares

लोकप्रिय नेपाली गायक सुजन चापागाईं र द इन्फिनिटी ब्यान्ड को बहुप्रतीक्षित सांगीतिक कार्यक्रम सोमबार अकल्याण्डमा भव्य रूपमा सम्पन्न भएको छ।

कन्सर्टमा सयौं नेपाली संगीतप्रेमीहरूको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रमभर दर्शकहरूले सुजनका चर्चित गीतहरूसँगै स्वर मिलाउँदै नाचगान गरेका थिए। कार्यक्रमस्थल नेपाली दर्शकको उत्साहले निरन्तर गुञ्जिएको थियो।

सुजन चापागाईंले आफ्ना चर्चित तथा लोकप्रिय गीतहरू प्रस्तुत गर्दा दर्शकहरू भावुक हुनुका साथै मनोरञ्जनमा रमाएका थिए। कार्यक्रमले न्युजिल्याण्डमा रहेका नेपाली समुदायलाई संगीतमार्फत एकै ठाउँमा जोड्ने अवसर प्रदान गरेको छ।

यो कार्यक्रम न्युजिल्याण्ड कै सफल इभेन्ट म्यानेजमेन्ट कम्पनी लाखे इभेन्ट्सको आयोजनामा सम्पन्न भएको हो। कन्सर्टमा संगीतप्रेमीहरूको राम्रो उपस्थिति देखिएको थियो र सम्पूर्ण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

स्टुडियो द भेन्युमा सम्पन्न यो कन्सर्ट लाखे इभेन्ट्सको अर्को सफल आयोजना बनेको छ। यस अघि दर्जनौ नेपाली कार्यक्रम सफलता पुर्वक सम्पन्न गरेको लाखे इभेन्ट्सले कार्यक्रम व्यवस्थापन तथा दर्शकको सहभागिताका कारण कन्सर्टलाई थप आकर्षक बनाएको थियो।

सम्बन्धित समाचार

सबै