न्युजिल्याण्डका लागि पूर्व वाणिज्यदूत (Honorary Consul) आत्माराम खनाल गैरआवासीय नेपाली संघ (एनआरएनए) को अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) सदस्य मा नियुक्त भएका छन्।
न्युजिल्याण्डका लागि वाणिज्यदूतको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरिसकेका खनालले अब आईसीसी सदस्यको रूपमा विश्वभर रहेका नेपालीहरूको हित, अधिकार र एकताका लागि प्रभावकारी भूमिका खेल्ने विश्वास गरिएको छ। साथै, अन्तर्राष्ट्रिय स्तरमा नेपाली समुदायको आवाजलाई थप सशक्त रूपमा उठाउँदै समुदायको प्रतिनिधित्व गर्ने अपेक्षा गरिएको छ।
खनालको नियुक्तिलाई एनआरएनए न्युजिल्याण्ड तथा विश्वभर रहेका नेपाली समुदायका लागि गौरवपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। न्युजिल्याण्डमा नेपाली समुदायको हित, संस्थागत विकास तथा नेपाल–न्युजिल्याण्ड सम्बन्ध सुदृढ बनाउन उहाँले पुर्याउँदै आएको दीर्घकालीन योगदान, नेतृत्व क्षमता र अनुभवको कदर गर्दै उहाँलाई यो महत्वपूर्ण जिम्मेवारी प्रदान गरिएको हो।
खनाललाई यस महत्वपूर्ण जिम्मेवारीका लागि हाम्रो तर्फबाट पनि हार्दिक बधाई तथा सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दछौं। उहाँको कार्यकाल सफल, प्रभावकारी र उपलब्धिमूलक रहोस् भन्ने कामना गर्दछौं।


