नेपाली संगीतप्रेमीले लामो समयदेखि प्रतीक्षा गरिरहेको गायक सुशान्त केसीको न्युजिल्याण्ड कन्सर्टको टिकट बिक्री भईरहेको छ । आगामी अगस्ट ३० मा अकल्याण्डस्थित NZICC को Te Paepae Theatre मा आयोजना हुने ‘Sushant KC Live in Auckland’ का लागि दर्शकहरूले अहिले नै टिकट खरिद गर्न सक्नेछन्।
आयोजकका अनुसार कन्सर्टको टिकट आधिकारिक टिकटिङ प्लेटफर्म Ticketek मार्फत बिक्री भइरहेको छ। गायक सुशान्त केसीको प्रस्तुति हेर्न चाहने दर्शकलाई समयमै टिकट सुरक्षित गर्न आयोजकले आग्रह गरेका छन्।
आयोजकका अनुसार कन्सर्ट साँझ ७:०० बजे सुरु हुनेछ भने दर्शकका लागि प्रवेशद्वार साँझ ६:०० बजेदेखि खुला हुनेछ। कार्यक्रम अकल्याण्ड सिटी सेन्टरस्थित आधुनिक सुविधा सम्पन्न Te Paepae Theatre, New Zealand International Convention Centre (NZICC) मा आयोजना हुँदैछ।
‘बार्दली’, ‘बेहोस’, ‘गुलाबी’, ‘आमा’, ‘रिसाउने भए’ र ‘साथी’ जस्ता चर्चित गीतमार्फत लाखौँ संगीतप्रेमीको मन जितेका सुशान्त केसी आफ्नो ‘पाहुना टुर’ अन्तर्गत अष्ट्रेलियाका विभिन्न सहरसँगै न्युजिल्याण्ड आउँदैछन्। उनको अकल्याण्ड प्रस्तुति यस वर्ष न्युजिल्याण्डमा हुने सबैभन्दा प्रतिक्षित नेपाली सांगीतिक कार्यक्रममध्ये एक मानिएको छ।
टिकट खरिद गर्न चाहने दर्शकले Ticketek को आधिकारिक वेबसाइटमार्फत आफ्नो सिट छनोट गरी अनलाइन बुकिङ गर्न सक्नेछन्।


