प्रधानमन्त्री जसिन्डाको युरोप भ्रमण: स्पेन तर्फ प्रस्थान – New Zealand News Nepal (NZ News Nepal)

प्रधानमन्त्री जसिन्डाको युरोप भ्रमण: स्पेन तर्फ प्रस्थान

   June 26, 2022  

न्युजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डेन यूरोप भ्रमणमा निस्केकी छिन् । आईतबार उनी सहितको टोली स्पेनको राजधानी म्याड्रिड तर्फ प्रस्थान गरेको हो । त्यँहा उनले नेटो सम्मेलनमा भाग लिने कार्यक्रम छ । त्यस क्रममा उनले विश्वका अन्य देशका नेताहरु सँग पनि भेट्ने छिन् । प्रधानमन्त्री आर्डेन नेटो सम्मेलनमा सहाभागि हुने पहिलो न्युजिल्याण्डकी प्रधानमन्त्री बन्नेछिन् । व्यवसाय तथा पर्यटनका लागि न्युजिल्याण्ड खुल्ला छ भन्ने सानो तर महत्वपूर्ण सन्देश दिन आफु यूरोप भ्रमणमा जान लागेको प्रधानमन्त्रीले बताएकी छिन् । यूरोपियन युनियन न्युजिल्याण्डको चौथो ठुलो व्यवसायिक साझेदार भएकाले पनि आफ्नो भ्रमण महत्वपूर्ण रहेको उनले बताईन् । त्यस्तै उनले बेलायतका प्रधानमन्त्री बोरिस जोनसनसँग पनि भेट्ने कार्यक्रम तय भएको छ । उनी बेल्जियम, स्पेन र बेलायतको भ्रमण गर्ने छिन् । यूरोप भ्रमण सकि प्रधानमन्त्री आर्डेन अष्ट्रेलिया जाने छिन् । ४ दिन अष्ट्रेलिया बसेर उनी न्युजिल्याण्ड फर्किने छिन् ।