वेलिङ्टनमा ‘नेपाल डे तथा दसैं धमाका’ – New Zealand News Nepal (NZ News Nepal)

वेलिङ्टनमा ‘नेपाल डे तथा दसैं धमाका’

   September 9, 2022  

नेपालीहरुको महान पर्व दसैंको अवसरमा नेपालीज सोसाईटी अफ वेलिङ्टनले नेपाल डे तथा दसैं धमाका आयोजना गर्ने भएको छ । अक्टोबर ९ तारिकका दिन उक्त कार्यक्रम आयोजना हुने आयोजकले जनाएको छ । सो कार्यक्रममा लाखेँ ईभेन्ट्सले न्युजिल्याण्डमा ल्याउन लागेको गायक प्रकाश सपुत र कमेडियन भरतमणी पौडेलको पनि प्रस्तुती रहने छ । कार्यक्रम न्युजिल्याण्डको राजधानी वेलिङ्टनको हन्टर लन्ज बेल्बर्नमा साझँ छ बजे बाट सुरु हुने छ । कार्यक्रमको नर्मल टिकट ३० डलर छ भने भिआईपी टिकट १०० डलरमा खरिद गर्न सकिने छ ।