310
Shares
न्युजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डेन र उक्रेनका प्रधानमन्त्री डेनिस स्मिहलबिच औपचारिक भेटवार्ता भएको छ ।
न्यूयोर्कमा संयुक्त राष्ट्र संघको महासभामा भाग लिन अमेरिकामा रहेका दुई प्रधानमन्त्री बिच भेट भएको हो । भेटमा प्रधानमन्त्री जसिन्डाले न्युजिल्याण्ड उक्रेनको साथमा रहेको भन्दै न्युजिल्याण्डको सहयोग सधैं रहने बताएकी थिईन् । भेटलाई सुरक्षा कारण गोप्य राखिएको थियो ।