न्युजिल्याण्डका अधिकांश क्षेत्रमा वर्षा, मौसम खुल्न केही दिन लाग्ने

248 Shares

न्युजिल्याण्डका अधिकांश क्षेत्रमा आज बिहानबाट वर्षा भईरहेको छ ।
मौसम निकायका अनुसार नर्थ आईल्याण्डको अधिकांश स्थानमा सामान्य बद्ली भई वर्षा भईरहेको छ ।
साउथ आईल्याण्डको पनि केही क्षेत्रमा हिजो राती देखि नै पानी परिरहेको छ ।
सामान्य बद्ली भएकाले ठुलो वर्षा नभए पनि दिनभर जसो पानी पर्ने मेटसर्भिसले जनाएको छ ।
देशभर वर्षा जारी रहेकाले न्युजिल्याण्डमा पूर्ण रुपमा मौसम खुल्न केही दिन लाग्ने बताईएको छ । बिशेष गरि साउथ आईल्याण्डमा मौसम खुले पनि नर्थमा भने मौसम खुल्न अझै केही दिन लाग्ने छ ।

सम्बन्धित समाचार

सबै