अकल्याण्ड विश्वविद्यालयका पुर्व उपकुलपतिको निधन

349 Shares

अकल्याण्ड विश्वविद्यालयका पुर्व उपकुलपति Stuart McCutcheon को निधन भएको छ । उनको शुक्रबार निधन भएको University of Auckland ले जनाएको छ । विश्वविद्यालयले जारी गरेको सुचनामा पुर्व उपकुलपतिको असामाहिक निधन भएकोमा दु:ख व्यक्त गरेको छ । उनी सन् २००५ देखि २०२० सम्म अकल्याण्ड विश्वविद्यालयको उपकुलपतिको रुपमा कार्यरत थिए । त्यस्तै उनी २००० देखि २००४ सम्म वेलिङ्टनको भिक्टोरिया वेलिङ्टन विश्वविद्यालयको उपकुलपति थिए । उनी सन् २०१२ मा न्युजिल्याण्डको सर्वाधिक आमदानी गर्ने सरकारी कर्मचारी थिए । उनको जन्म सन् १९५५ मा राजधानी वेलिङटनमा भएको थियो ।

सम्बन्धित समाचार

सबै