न्युजिल्याण्डमा मनाईयो माघे संक्रान्ति पर्व

932 Shares

न्युजिल्याण्डमा नेपाली समुदायले माघे संक्रान्ति पर्व मनाएका छन् !।
न्युजिल्याण्डको साउथ आइल्याण्डमा रहेका मगर समुदायले विशेष कार्यक्रमको आयोजना गरि माघे संक्रान्ति पर्व मनाएका हुन् । साउथ आइल्याण्ड मगर कम्युनिटिको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा मगर संस्कृति झल्कने भेषभुषा, नाच गान लगायतका सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । कार्यक्रममा स्थानिय नेपाली गायकहरु रविन पुन मगर, दिपेन क्षेत्री लगायतले विभिन्न गीत मार्फत मनोरन्जन प्रदान गरेका थिए भने समिरबाबु आले, श्रीतिजन थापा मगर, समिक्षा थापा मगर , ममता थापा लगायत स्थानिय कलाकारहरुले मगर नृत्य साथै अन्य नृत्य प्रस्तुत गरेका थिए । श्री थापाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम साउथल्याण्ड नेपलिज सोसाइटिका सचिव दुर्गा वि क को प्रमुख आतिथ्यता सम्पन्न भएको थियो ।

सम्बन्धित समाचार

सबै