466
Shares
कलाकार दीपकराज गिरी तथा दीपाश्री निरौलाको चलचित्र ‘छक्का पञ्जा ४’को ट्रेलर सार्वजनिक भएको छ।
सार्वजनिक ट्रेलरमा अभिनेता दीपकराज गिरीलाई गुण्डागर्दीबाट राजनीतिमा आएका नेताका रुपमा चित्रण गरिएको छ।
उनीसँगै दीपाश्री निरौला, बेनिशा हमाल, केदार घिमिरे लगायतका कलाकार पनि ट्रेलरमा देखिएका छन्।
हेमराज बिसीले निर्देशन गरेको यो चलचित्र यहि फागुन १९ गते अर्थात मार्च ३ तारिकका दिन प्रदर्शनको तयारीमा छ।
चलचित्र न्युजिल्याण्डमा पनि प्रदर्शन हुने भएको छ । न्युजिल्याण्डको लाखेँ ईभेन्ट्सले चलचित्रलाई न्युजिल्याण्डमा प्रदर्शन गर्न लागेको हो ।
न्युजिल्याण्डका प्रमुख शहरहरुमा चलचित्र प्रदर्शन हुने बताईएको छ ।