जस्टिनको न्युजिल्याण्ड टुर स्थगित – New Zealand News Nepal (NZ News Nepal)

जस्टिनको न्युजिल्याण्ड टुर स्थगित

   March 1, 2023  

विश्व प्रसिद्ध गायक जस्टिन बिबरले आफ्नो न्युजिल्याण्ड र अष्ट्रेलियाको भ्रमण रद्द गरेका छन् । आफ्नो स्वास्थ्य बिग्रिएकाले आफ्ना सम्पूर्ण सांगितिक कार्यक्रमहरु स्थगित गरेका थिए । तर अष्ट्रेलिया र न्युजिल्याण्डमा आयोजना हुने कार्यक्रम भएन यथावत हुने बताईएको थियो । यस अघि डिसेम्बर २०२२ मा उनले अकल्याण्डमा प्रस्तुती दिने कार्यक्रम तय थियो । त्यसलाई स्थगित गर्दै आयोजकले २०२३ मा कन्सर्ट आयोजना गर्ने बताएको थियो । तर स्वास्थ्यमा सुधार नआएकाले उनको न्युजिल्याण्डको कार्यक्रम स्थगित गरिएको छ ।

आफ्नो एल्बम जस्टिसको प्रमोशनका लागि विश्वका विभिन्न देशको भ्रमण गर्ने घोषणा गरेका थिए । केही समय अगाडि उनले आफू रामसे हन्ट सिन्ड्रोम बाट पीडित भएको कारण उनको अनुहार पक्षाघात भएको बताएका थिए । आफ्नो अवस्थाको बारेमा कुरा गर्दै बिबरले आफनो आँखा मिच्न नमिल्ने र साथै अनुहारको एक छेउमा हाँस्न पनि नसक्ने भएकाले आफनो पछिल्लो शो रद्द गर्नु परेको बताएका छन् । यसबाट आफु निराश भएको बताउदै हालको अवस्थामा आफु शारीरिक रूपमा सक्षम नभएको बताउदै आफना सर्मथकहरुले बुझ्ने छन भन्ने आशा राखेको बताएका छन् ।