चोटका कारण न्युजिल्यान्डका कप्तान केन विलियम्सन विश्वकप नखेल्ने

245 Shares

न्युजिल्यान्डका कप्तान केन विलियम्सन यसै वर्षको अन्तिममा भारतमा हुने एकदिवसीय विश्वकपबाट बाहिरिएका छन् । इन्डियन प्रिमियर लिग (आईपीएल)को पहिलो खेलमै चोट बोकेका विलियम्सन नोभेम्बरमा हुने विश्वकपका लागि न्युजिल्यान्डको टिममा नहुने भएका हुन् । एन्टेरियर क्रुसिएट लिगामेन्ट (एसीएल)मा चोट लागेको कारण विलियम्सन लामो समय मैदानबाट बाहिर रहने भएका हुन् ।

चोटपछि स्वदेश फर्किएका विलियम्सनको न्युजिल्यान्डमै चोटको गम्भीरता पुष्टि भएको हो । र, विलियम्सनको आगामी तीन हप्ताभित्र चोटको शल्यक्रिया हुनेछ । “यस्तो इन्जुरी हुनु पक्कै पनि निकै निराशजनक कुरा हो । तर, अब मेरो ध्यान शल्यक्रिया र त्यसपछिको पुनःस्थापनामा छ,” विलियम्सनले भने, “यसका लागि केही समय लाग्नेछ । तर, म चाँडो मैदान फर्किनका लागि आफ्नो तर्फबाट शतप्रतिशत प्रयास गर्नेछु ।”

विश्वकपमा विलियम्सनको अनुपस्थिति न्युजिल्यान्डका लागि ठूलो क्षति हुनेछ । विलियम्सनले न्युजिल्यान्डबाट १६१ एकदिवसीय खेलमा ४७.८३ को औषतमा रन बनाएका छन् । विलियम्सनको नाममा न्युजिल्यान्डबाट १३ अन्तर्राष्ट्रिय शतक छ ।

सम्बन्धित समाचार

सबै