मोदी र बाइडेनले प्यासिफिक देशका नेताहरुसँग भेट्ने

225 Shares

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति जो बाइडेनले अर्को हप्ता पपुवा न्युगिनीमा प्रशान्त (प्यासिफिक) देशका नेतासँग भेट गर्ने भएका छन् । “ऐतिहासिक भविष्य उन्मुख शीर्षकको सम्मेलनका लागि भारतीय प्रधानमन्त्री र अमेरिकी राष्ट्रपति आउने” पपुवा न्युगिनीका प्रधानमन्त्री जेम्स मारापेले एक विज्ञप्तिमा भनेका छन् ।

प्रशान्त महासागरको सबैभन्दा ठूलो देश पपुवा न्युगिनीमा विश्वव्यापी महाशक्तिहरूसहित भइरहेको यो विशेष भविष्यउन्मुख बैठक हुने उनले बताएका छन् ।मे २४ मा हुने क्वाडको बैठकका लागि अष्ट्रेलिया जानुअघि मोदी र बाइडेन पपुवा न्युगिनीमा रोकिनेछन् । क्वाड अष्ट्रेलिया, भारत, जापान र संयुक्त राज्य अमेरिकाबीचको रणनीतिक सुरक्षामा केन्द्रित गठबन्धन हो । भारतीय प्रधानमन्त्री मोदीको पपुवा न्युगिनीको दुई दिने भ्रमण मे २१ बाट सुरु हुने बताइएको छ भने बाइडेन मे २२ मा त्यहाँ अवतरण गर्नेछन् ।  दुवै लिडर मे २२ मा त्यहाँ हुने भारत प्यासिफिक टापु सहयोग शिखर सम्मेलन (इन्डिया प्यासिफिक शिखर सम्मेलन) मा सहभागी हुनेछन् ।

यो फोरमले १४ वटा प्यासिफिक टापुहरू कुक टापुसमूह, फिजी, किरिबाटी, मार्र्सल टापुसमूह, माइक्रोनेसिया, नाउरु, निउ, सामोआ, सोलोमन टापुहरू, पलाउ, पपुवा न्युगिनी, टोंगा, टुभालु र भानुअतुलाई राज्य एवं सरकारी स्तरले भारतसँग जोड्छ ।

सम्बन्धित समाचार

सबै