जगजीत सिंह र मेहेन्दी हसनको सम्झनामा अकल्याण्डमा ‘गजल साझँ’

368 Shares

न्युजिल्याण्डको अकल्याण्डमा आउदो मे २७ का दिन गजल साझँको आयोजना हुने भएको छ ।
चर्चित गायक तथा गजलकाल जगजीत सिंह र मेहेन्दी हसनको सम्झनामा गजल साझँको आयोजना गर्न लागिएको हो ।
उक्त कार्यक्रममा प्रसिद्द गायक अनुप जलोटाको प्रस्तुती रहने छ ।
‘जगजीत, मेहेन्दी र म’ नाम दिईएको उक्त कार्यक्रम अकल्याण्डको भिक्ट्री कन्भेन्सन सेन्टरमा साझँ ७:३० बजे आयोजना हुँदै छ ।
कार्यक्रममा ६०को दशक देखिका गजल तथा गीत, भजनहरुको प्रस्तुती जलोटाले दिने छन् । चर्चित भारतीय गायक जगजीत सिंह, पाकिस्तानी गजलकार मेहेन्दी हसन र गायक अनुप जलोटा बिचको सम्बन्धका बारेमा पनि कार्यक्रममा चर्चा गरिने बताईएको छ । गजल साझँ भएकाले कार्यक्रममा फर्माईस अर्थात अनुरोधका आधारमा पनि जलोटाले केही गीत गाउने छन् । कार्यक्रमका लागि ४९ डलर देखि १४९ डलरसम्मका टिकटको व्यवस्था गरिएको छ । कार्यक्रमको आयोजना आरिया ईभेन्ट्सले गरेको हो ।

सम्बन्धित समाचार

सबै