Bay of Plenty मा भारी वर्षाको सम्भावना – New Zealand News Nepal (NZ News Nepal)

Bay of Plenty मा भारी वर्षाको सम्भावना

   September 7, 2021  

न्युजिल्याण्डको नर्थल्याण्डमा रहेको Bay of Plenty क्षेत्रमा आज भारी वर्षाको सम्भावना छ । न्युजिल्याण्ड मौसम बिभागका अनुसार Bay of Plenty को पुर्विय र उत्तरी भुभागमा आज दिनभर भारी वर्षा हुने छ । Bay of Plenty को कातीकाती, फाकताने, ओपिटिकी, मुरापारा, तउरङा, तेपुके , रोतोरुवा लगायतका क्षेत्रमा बिहान देखि वर्षा भईरहेको छ । आज दिनभर यि स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।