श्रीच्क्षा प्रधान बनिन् मिस नेपाल २०२३

520 Shares

मिस नेपाल २०२३ को ताज श्रीच्क्षा प्रधानले पहिरेकी छिन्। शनिवार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा भएको ग्रान्ड फिनालेमा २३ प्रतिस्पर्धीलाई पछि पार्दै काठमाडौंकी २३ वर्षीया प्रधान मिस नेपाल वर्ल्ड घोषित भएकी हुन्।

गतवर्षकी मिस नेपाल प्रियंकारानी जोशीले उनलाई ताज पहिर्‍यादिइन्। त्यसैगरी, ‘मिस नेपाल अर्थ’ दाङकी २६ वर्षीया रैना मजगैयाँले हात पारिन्। ‘मिस नेपाल इन्टरनेसनल’ ललितपुरकी २५ वर्षीया प्रसिद्धि शाह मिस नेपाल इन्टरनेसनल घोषित भइन्। प्रसिद्धि नेपालकी पहिलो मिस नेपाल वर्ल्ड रुबी राणाकी छोरीसमेत हुन।

फिनालेमा २४ जना प्रतिस्पर्धी भिडेका थिए।

सम्बन्धित समाचार

सबै