Wiz Khalifa को ‘न्युजिल्याण्ड टुर’ सेप्टेम्बरमा – New Zealand News Nepal (NZ News Nepal)

Wiz Khalifa को ‘न्युजिल्याण्ड टुर’ सेप्टेम्बरमा

   May 30, 2023  

चर्चित अमेरिकी हिपहप र्यापर विज खालिफाको न्युजिल्याण्ड टुर यही सेप्टेम्बरमा हुने भएको छ ।
उनी आउदो सेप्टेम्बर १० तारिकका दिन अकल्याण्डको स्पार्क एरिनामा आफ्नो प्रस्तुती दिदै छन् ।  खालिफा ८ वर्ष पछि न्युजिल्याण्डमा प्रस्तुती दिन आउन लागेका हुन् । उनको अष्ट्रेलियाका बिभिन्न शहरमा समेत कन्सर्ट रहेको छ ।
उनी सँगै अन्य कलाकारहरु Lola Brooke, Hooligan Hefs, Youngn Lipz र DJ BeastMod को पनि प्रस्तुती रहने छ ।
आयोजनाका अनुसार अहिलेसम्म न्युजिल्याण्डको अकल्याण्डमा मात्र उक्त सो गरिने बताईएको छ ।
कार्यक्रमको टिकट खरिद भने आउदो शुक्रबार अर्थात जुन २ तारिकबाट खुला गरिने छ ।