अमेरिकी गायक Charlie Puthले अकल्याण्डमा प्रस्तुती दिने – New Zealand News Nepal (NZ News Nepal)

अमेरिकी गायक Charlie Puthले अकल्याण्डमा प्रस्तुती दिने

   June 18, 2023  

प्रसिद्द अमेरिकी गायक चार्ली पुथले आफ्नो एसिया, अष्ट्रेलिया र न्युजिल्याण्डको सांगितिक यात्राको मिती सार्वजनिक गरेका छन् ।
उनको आउदो ओक्टोबर ४ देखि नोभेम्बर ४ सम्म एक महिना लामो सांगितिक यात्रा हुने भएको छ ।
एसियामा उनले हङकङ, थाईल्याण्ड, ईण्डोनेसिया, सिंगापुर, जापान र कोरियामा प्रस्तुती दिने छन् ।
त्यस्तै अष्ट्रेलियाको ब्रिजबेन, मेलबर्न र सिड्नीमा उनको कन्सर्ट आयोजना हुने छ ।

न्युजिल्याण्डमा भने अकल्याण्डको स्पार्क एरिनामा उनले नोभेम्बर ४ तारिकका दिन प्रस्तुती दिने छन् ।