वेस्ट इन्डिजविरुद्ध दोस्रो ओभरमा करणले लिए पहिलो विकेट

228 Shares

आईसीसी क्रिकेट विश्वकप छनोटअन्तर्गत वेस्ट इन्डिजविरुद्धको खेलमा टस जितेर फिल्डिङ थालेको नेपालका लागि करण केसीले पहिलो विकेट लिएका छन्।

क्यारेबियन टिमका लागि ओपनिङमा उत्रिएका काइल मेयर एक रन बनाएर पभिलियन फर्के। मेयर दोस्रो ओभरको तेस्रो बलमा कुशल भुर्तेलको हातबाट क्याच भए।

वेस्ट इन्डिजले १.२ ओभर सकिँदा एक विकेट गुमाएर दुई रन बनाएको छ।

हरारे स्पोर्ट्स क्लबमा साझँ ७ सुरु भएको खेलमा नेपाली कप्तान रोहित पौडेलले बलिङ रोजेका थिए।

पहिलो खेलमा जिम्बाब्वेसँग आठ विकेटले पराजित नेपालले दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले जितेको थियो।

 

सम्बन्धित समाचार

सबै