3G सेवा बन्द गर्दै 2 Degree र One NZ

1.8K Shares

न्युजिल्याण्डको मोबाईल सेवा प्रदायक कम्पनी टु डिग्रीले थ्री जि सेवा बन्द गर्ने भएको छ । त्यस्तै अर्को कम्पनी वान एनजेड (पुरानो भोडाफोन) ले पनि आउदो अगस्तबाट आफ्नो थ्री जि सेवा बन्द गर्ने संकेत दिएको छ । त्यस्तै स्पार्क, स्किनी लगायत अन्य कम्पनीले पनि २०२५ सम्ममा थ्री जि सेवालाई सधैको लागि बन्द गर्न लागेका छन् । फोर जि र फाईभ जिको जमानामा अब थ्री जि सेवा निष्कृय पार्ने कम्पनीहरु लागि परेका हुन् । यस्को अर्थ अब को सेवा नभएका पुरानो मोबाईल फोनमा सिम चल्ने छैनन् । यस्को प्रत्यक्ष असर भने नयाँ फोन नकिन्नेहरुलाई पर्ने देखिन्छ ।

सम्बन्धित समाचार

सबै