युरोप भ्रमण सकेर प्रधानमन्त्री हिप्किन्स आज न्युजिल्याण्ड फर्किदैँ

238 Shares

न्युजिल्याण्डका प्रधानमन्त्री क्रिस हिप्किन्स युरोपको बिभिन्न देशको भ्रमण सकेर आज न्युजिल्याण्ड फर्किदै छन् । एक साता लामो युरोप भ्रमणका क्रममा प्रधानमन्त्रीले ३ देशको भ्रमण गरेका थिए । उनी सुरुमा बेल्जियम पुगेका थिए । त्यहाँ युरोपियन युनियन र न्युजिल्याण्डबिच स्वतन्त्र व्यापार सम्झौतामा हस्ताक्षर भएको थियो । त्यसपछि प्रधानमन्त्री हिप्किन्स एक दिनका लागि स्विडेन गएका थिए । उनले त्यहाँ स्विडेनका राष्ट्रपतीसँग भेटेका थिए । अन्यमा उनी नेटो सम्मेलनमा सहभागी हुन लिथिवानिया पुगेका थिए । सम्मेलन सकेर प्रधानमन्त्री आज न्युजिल्याण्ड फर्किन लागेका हुन् । प्रधानमन्त्री सहितको टोली जुलाई ७ तारिकका दिन बेल्जियमको राजधानी ब्रसेल्स प्रस्थान गरेको थियो ।

उनी रोयल न्युजिल्याण्ड एअरफोर्सको बिशेष बिमान मार्फत स्वदेश फर्किदै छन् ।

सम्बन्धित समाचार

सबै