250
Shares
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध विपक्षी दल भारतीय कांग्रेसले लोकसभामा अविश्वास प्रस्ताव दर्ता भएको छ। दर्ताका लागि पेस भएको अविश्वास प्रस्तावलाई लोकसभाका सभामुखको अनुमतिमा दर्ता गरिएको हो।
बुधबार दिउँसो १२ बजे लोकसभाको कारबाही सुरु भएपछि कांग्रेस सांसद गौरव गोगोईले अविश्वास प्रस्ताव पेस गरेका थिए। सभामुखले नियमअनुसार ५० भन्दा बढी सांसदको समर्थन भएका कारण अविश्वास प्रस्तावमाथि सबै दल मिलेर बहसको समय तय गर्ने बताए।
यद्यपि, विपक्षीले नाराबाजी गर्दै प्रधानमन्त्री मोदी उपस्थित हुनुपर्ने माग गरेका थिए। त्यसपछि बैठक स्थगित गरिएको थियो।