गैर आवसिय नेपाली संघ न्युजिल्याण्डको अध्यक्षमा लाल केसी निर्बिरोध निर्वाचित हुनु भएको छ । उहाँ सहित अन्य पदाधिकारी पनि निर्वाचित भएका हुन् । संघको उपाध्यक्षमा अच्युत अर्याल र टिकाराम गिरी निर्वाचित हुनु भएको छ । महासचिवमा अपिल अर्याल, सचिवमा कमल बसेल र मिलन जिसी, कोषाध्यक्षमा बिमला पोखरेल निर्वाचित हुनु भएको हो ।
त्यस्तै संघको सदस्यहरुमा ईन्द्र बहादुर सुनार, कुमार लिम्बु, पुष्करराज सिलवाल, रामहरि पाण्डे, समिर श्रेष्ठ, सुवेस रन्जितकार, टिकाराम राई, यमलाल राजु ढकाल रहेका छन् । अन्तर्राष्ट्रिय समन्वय परिषद्को सदस्यमा भक्त सिवाहाङ निर्वाचित हुनु भएको छ ।
अध्यक्षमा निर्वाचित भएपछि केसीले यो संस्था नेपालको लागी भरपर्दो सारथी बन्ने विश्वास व्यक्त गर्नु भएको छ । केसीले आर्थिक,सामाजिक रूपान्तरण, मातृभूमिप्रति सामुहिक कर्तब्य र विदेशमा बस्ने नेपाली-नेपालीहरुको बीचमा सारथीको रूपमा रहने गरी यो संस्थालाई गतिशिल बनाउनु पर्नेमा जोड दिनु भयो ।