भारतले मनायो ७७ औँ स्वतन्त्रता दिवस

285 Shares

भारतले आज आफ्नो ७७ औँ स्वतन्त्रता दिवस मनाएको छ । सन् १९४७ अगस्ट १५ मा अंग्रेज शासनबाट स्वतन्त्र भएको दिनको स्मरणमा भारतमा हरेक वर्ष स्वतन्त्रता दिवस मनाइन्छ ।

दिवसका अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले राजधानी नयाँ दिल्लीको लाल किलाबाट सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा उनले नयाँ युगमा भारतले कहिल्यै नथाक्ने र हार नमान्ने उद्घोष गरे । सन् २०१४ मा सत्तामा आएका मोदीले आजसमेत १० औँ पटक स्वतन्त्रता दिवसका दिन लाल किलाबाट सम्बोधन गरिसकेका छन् । प्रधानमन्त्री मोदीले ७७औं स्वतन्त्रता दिवसको अवसरमा देशवासीलाई बधाईसमेत दिएका छन् ।

सम्बन्धित समाचार

सबै