Tauranga मा ‘नाङ्गो गाउँ’ सेप्टेम्बर १७ मा

435 Shares

नेपाली चलचित्र नाङ्गो गाउँ नर्थ आईल्याण्डको तउरङामा आउदो सेप्टेम्बर १७ तारिकका दिन प्रदर्शनमा आउने भएको छ ।
नेपालीज वारियर्स फूटबल क्लबले चलचित्रलाई तउरङामा प्रदर्शन गर्न लागेको हो । चलचित्र सेप्टेम्बर १७ तारिक आईतबारका दिन दिउँसो ३:३० बजे बे फेयर स्थित युनाईटेड सिनेमाजमा प्रदर्शन हुन लागेको हो ।

चलचित्रमा दयाहाङ राई, शिशिर वाङ्देल, मिरुना मगर, साम्राज्ञी राज्यलक्ष्मी शाह, कर्मा, कमलमणी नेपाल, रविन्द्र झा, बुद्धि तामाङ लगायतका कलाकारको अभिनय देख्न सकिने छ। चलचित्र सेप्टेम्बर १५ तारिकका दिन नेपाल लगायत विश्वभर प्रदर्शनमा आउँदै छ ।

नेपालीज वारियर्स फूटबल क्लबले न्युजिल्याण्डमा अन्य दुई चलचित्र पनि प्रदर्शनमा ल्याउदै छ । निश्चल बस्नेत निर्देशित चलचित्र दिमाग खराब र २०२४ मार्चमा प्रदर्शनमा आउने प्रदिप भट्टराई निर्देशित महाजात्रा पनि न्युजिल्याण्डमा प्रदर्शनमा आउन लागेको हो । क्लबले यि चलचित्रलाई हाम्रो ईभेट्न्सको सहयोगमा न्युजिल्याण्डमा प्रदर्शन गर्न लागेको हो ।

 

सम्बन्धित समाचार

सबै