कम्तिमा ३ वर्ष देखि न्युजिल्याण्ड बस्दै आएका सबैलाई पिआर दिने न्युजिल्याण्ड अध्यागमनको घोषणा – New Zealand News Nepal (NZ News Nepal)

कम्तिमा ३ वर्ष देखि न्युजिल्याण्ड बस्दै आएका सबैलाई पिआर दिने न्युजिल्याण्ड अध्यागमनको घोषणा

   September 30, 2021  

न्युजिल्याण्ड सरकार अन्तर्गतको न्युजिल्याण्ड Immigration ले स्थाई बसोबासको लागि जारी हुने Residency भिसा (PR )का लागि नयाँ नियम ल्याएको छ । हाल अस्थाई भिसा (Temporary Visa)मा रहेकाहरुलाई नयाँ नियमले Residency पाउन अब सहज बनाईदिएको छ । जसअन्तर्गत ईमीग्रेसनले बिभिन्न मापडण्ड छुट्टाएको छ । Residency पाउन को लागि २९ सेप्टेम्बर २०२१ मा न्युजिल्याण्डमा भएको हुनु पर्ने छ भने यदी योग्य भिसा पाउन २९ सेप्टेम्बर सम्म आवेदन दिएका र भिसा आउन पर्खेका हरुले पनि Residency को लागि आवेदन दिन पाउने छन् । त्यस्तै तलका मध्य कुनै एक मापडण्डमा पनि योग्य हुनु पर्ने भएको छ ।

३ वर्ष वा सो भन्दा बढी न्युजिल्याण्ड बसेको वा

२७ डलर प्रती घण्टा वा सो भन्दा बढी आमदानी हुने वा

न्युजिल्याण्ड सरकारले जारी गरेको Scarce List मा काम गरेको

Scarce List बारे जान्न यहाँ क्लिक गर्नुहोस्

नयाँ Residency को लागि दुई चरणमा आवेदन लिने Immigration ले बताएको छ । जसअन्तर्गत पहिलो चरणमा डिसेम्बर १ देखि र दोस्रो चरणमा मार्च १ २०२२ देखि आवेदन खुला गरिने छ । सबै आवेदन ३१ जुलाई २०२२ सम्म बुझाईसक्नु पर्ने छ ।

थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस्