लेबनानकी यास्मिन अजायतौन फस्ट रनरअप भइन्।
छिमेकी मुलुक भारतकी सिनी शेट्टी यस प्रतियोगितामा सातौँ स्थानमा रहिन्। नेपालकी प्रियंकारानी जोशी अन्तिम ४० सम्म मात्रै अटाउन सकिन्।
यसअघि सन् २०२३ को नोभेम्बरमा एल साल्भाडोरमा आयोजित मिस युनिभर्स २०२३ प्रतियोगिताको विजेता निकारागुआकी शेनिस पलासियोस भएकी थिइन्।
यो प्रतियोगिता यसअघि सन् २०२३ को मेमा संयुक्त अरब इमिरेट्समा आयोजना हुने भनिएको थियो। तर त्यसबेला स्थगन भएपछि यो प्रतियोगिता भारतमा सेप्टेम्बरमै गर्ने घोषणा भएको थियो। तर, केही कारण डिसेम्बर र त्यसपछि मार्चमा आयोजना गर्ने निर्णय भयो। अब ७२औँ मिस वर्ल्ड प्रतियोगिता २०२५ मा आयोजना हुनेछ।