चर्चित नेपाली रक ब्यान्ड अल्बाट्रसको कन्सर्ट न्युजिल्याण्डमा आयोजना हुने भएको छ ।आउँदो मे ११ तारिकका दिन अकल्याण्डमा कन्सर्ट आयोजना हुने आयोजक हाउस अफ म्युजिक ईन्टरटेन्मेन्टले जनाएको छ ।
अल्बाट्रसको खसेका तारा, निछ्चल, भूल, झरिको रात, रातकी रानी, आवाज, कोशीश लगायत २ दर्जन बढी दिन युवामाझ चर्चित छन् ।
कार्यक्रमबारे आयोजकले चाडैँ थप जानकारी दिने बताएको छ ।



