न्युजिल्याण्डमा तहल्का मच्चाउदै ‘महजात्रा’ – New Zealand News Nepal (NZ News Nepal)

न्युजिल्याण्डमा तहल्का मच्चाउदै ‘महजात्रा’

   April 7, 2024  

गत मार्च २६ बाट नेपाल तथा विश्वभर प्रदर्शनमा आएको नेपाली चलचित्र मह जात्रा न्युजिल्याण्डका बिभिन्न शहरमा समेत प्रदर्शन भईरहेको छ ।
प्रदिप भट्टराई निर्देशित चलचित्र न्युजिल्याण्डमा बिभिन्न शहरमा हाउसफुल दर्शकको साथ पाएको छ । अकल्याण्डमा चलचित्रको माग भएपछि थप सो राखिएको छ । अकल्याण्डमा मार्च २३ र मार्च २५ मा दुई सो राखिएको थियो तर चलचित्रको माग पुन: भएपछि अप्रिल ८ को दिन एक सो थप गरिएको चलचित्रलाई न्युजिल्याण्ड भित्राएको लाखे ईभेन्ट्सले जनाएको छ । यसअघि चलचित्र तउरङा, न्यु प्लाईमाउथ, हक्स बे, वनाका र राजधानी वेलिङ्टनमा चलचित्र प्रदर्शन भईसकेको छ । यता नर्थको ह्यामिल्टनमा नेपाली नयाँ वर्षको भोलीपल्ट अर्थात अप्रिल १४ मा महजात्रा प्रदर्शनमा आउँदै छ । त्यस्तै साउथको क्राईसचर्चमा नेपाली नयाँ वर्ष अर्थात अप्रिल १३ र २४ गरि दुई सो राखिएको छ । त्यस्तै अप्रिल २० मा ईन्भरकार्गिलमा चलचित्र प्रदर्शनमा आउँदै छ ।

फिल्म ‘महाजात्रा’ले बक्स अफिसमा बम्पर व्यापार गरिरहेको छ । पहिलो साता ६ करोड माथिको ग्रस कलेक्शन गरेको फिल्मले दोस्रो सातामा पनि आक्रामक व्यापारलाई जारी राख्यो ।

यो फिल्मले दुई सातामा १० करोड १४ लाख ग्रस कलेक्शन गरेको निर्माणपक्षले उपलब्ध गराएको आँकडामा उल्लेख छ । हाल यो चलचित्र तेस्रो सातामा प्रदर्शन भईरहेको छ ।
लाखे ईभेन्ट्समा अनुसार न्युजिल्याण्डका अधिकांश शहरमा चलचित्र हाउसफुल भएको र प्रदर्शन अगावै टिकट सोल्ड आउट भएको छ ।

चलचित्रमा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्र सिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, राजाराम पौडेल, दिव्य देव लगायतका कलाकारको अभिनय छ ।