प्यासिफिक मुलुक फिजीले पर्यटकका लागि आउदो डिसेम्बर देखि सिमा खोल्ने भएको छ । फिजी एयरलाइन्सका अनुसार आउदो डिसेम्बर १ तारिक बाट न्युजिल्याण्डलगायतका मुलुक बाट फिजिमा पर्यटक भित्राउने तयारी गरेको छ । यस्कालागि कोरोनाको खोप पूर्ण रुपमा लगाएको र कोरोना नेगेटिव हुनुपर्ने सर्त राखिएको छ । फिजी एयरलाइन्सले न्युजिल्याण्डबाट हफ्तामा ५ उडान गर्ने तयारी गरेको छ । जस्मा ३ दिन अकल्याण्ड बाट उडान भरिने र वेलिङ्टनबाट २ दिन उडान हुने एयरलायन्सले जनाएको छ ।


