ब्रायन एडम्सको न्युजिल्याण्ड टुर फेब्रुअरीमा – New Zealand News Nepal (NZ News Nepal)

ब्रायन एडम्सको न्युजिल्याण्ड टुर फेब्रुअरीमा

   August 30, 2024  

चर्चित क्यानाडियन गायक ब्रायन एडम्सको न्युजिल्याण्ड टुर आउदो वर्ष हुने भएको छ । सन् २०२५ को फेब्रुअरीमा एडम्स न्युजिल्याण्ड आउने भएका छन् । अकल्याण्ड र क्राईसचर्च दुई शहरमा एडम्सले आफ्नो प्रस्तुती दिने छन् । क्राईसचर्चमा फेब्रुअरी १ मा र अकल्याण्डमा फेब्रुअरी ४ मा एडम्सको कन्सर्ट आयोजना हुँदै छ । यसअघि सन् २०१९ मा एडम्स प्रस्तुती दिन न्युजिल्याण्ड आएका थिए । एडम्सको कन्सर्टको टिकट भने सेप्टेम्बरबाट खुला गरिने छ । विश्व रक संगीतका सर्वाधिक सफल गायकको रुपमा चर्चित एडम्स आफ्नो प्रस्तुती दिन सन् २०११ मा नेपाल समेत पुगेका थिए ।