यो लोकप्रिय शो फर्किने खबरले फ्यान पनि उत्साहित छन् । सोनी टिभीको हिट शृंखला सीआईडी २० वर्षको सफल दौड पूरा गर्दै अक्टोबर २०१८ मा समाप्त भएको थियो । शोमा काम गर्ने कलाकारहरु आफ्नो उत्कृष्ट अभिनयका कारण घरघरमा चर्चित भए । ट्रेलर शनिबार सार्वजनिक हुने जनाइएको छ ।
भारतको चर्चित टेलिभिजन शो ‘सीआईडी’का फ्यानका लागि खुसीको खबर छ । २० वर्षभन्दा बढी समयदेखि दर्शकलाई मनोरञ्जन दिंदै आएको यो शोको पुनरागमन हुने भएको छ ।
सोनी टिभीले शोको क्लिप सार्वजनिक गर्दै यसबारे जानकारी दिएको छ । क्लिपमा लोकप्रिय कलाकार शिवाजी साटम, आदित्य श्रीवास्तव र दयानन्द शेट्टी देखिएका छन् ।


