नेल्सनमा एनएनसीको नयाँ कार्यसमिती गठन – New Zealand News Nepal (NZ News Nepal)

नेल्सनमा एनएनसीको नयाँ कार्यसमिती गठन

   March 16, 2025  

न्युजिल्याण्डको साउथ आईल्याण्ड स्थित नेल्सन शहरमा नेपाली समुदायको संस्था नेल्सन नेपलीज क्म्युनिटीमा नयाँ कार्यसमिती चयन भएको छ ।
आगामी दुई वर्ष कार्यकालको लागि आज ११ सदस्यीय नयाँ कार्य समिती चयन भएको हो । नेल्सन नजिकै रहेको रेबिट आईल्याण्डमा आईतबार संस्थाको वार्षिक साधारण सभामा सबै पदाधिकारी सर्वसम्मत चयन भएका हुन् । संस्थाको अध्यक्षमा समिर सिलवाल रहनु भएको छ भने उपाध्यक्षमा सुर्य खड्का चयन हुनु भएको छ । त्यस्तै ओम आचार्य सचिव, प्रस्तुता भट्ट कोषाध्यक्षमा सर्वसम्मत हुनु भएको हो । कार्यसमिती सदस्यहरुमा आशिष भट्टराई, अनिलराज प्रसाईँ, पूजा खत्री, सुशान्त आचार्य, चन्द्र तन्दुकार, सन्तोष जिसी र स्काईसन कर्माचार्य रहनु भएको छ । साधारण सभामा नेल्सनमा बसोबास गर्ने ५० बढी नेपालीहरु सहभागिता रहेको थियो ।