कार्यकाल २ वर्ष बाँकी छदै अकल्याण्ड विश्वविद्यालयकी उपकुलपतिद्वारा राजीनामा

257 Shares

अकल्याण्ड विश्वविद्यालयकी उपकुलपति डन फ्रेशवाटरले आफ्नो पदबाट राजीनामा दिएकी छिन्। सन् २०२० मा नियुक्त भएकी फ्रेशवाटर विश्वविद्यालयको इतिहासमै पहिलो महिला उपकुलपति थिइन्।

केही महिना अघि मात्रै उनलाई अर्को पाँच वर्षका लागि पुनः नियुक्त गरिएको थियो। यद्यपि उनले २०२६ को सुरुतिर पद त्याग गर्ने जनाइएको छ।

उनले विश्वविद्यालयको “समग्र (comprehensive) विश्वविद्यालय” को रूपमा पहिचान जोगाइराख्नुपर्नेमा जोड दिइन्।
“म विश्वास गर्छु कि विश्वको धेरै ठाउँहरूमा ध्रुवीकरण भइरहँदा पनि न्यूजील्याण्डका नागरिकहरूले हाम्रो विश्वविद्यालयले समुदाय र समाजलाई दिएको योगदानलाई अझै मूल्यांकन गरिरहेका छन्,” फ्रेशवाटरले भनिन्।

उपलब्धि र विवादहरू

विश्वविद्यालयकी चान्सलर सेसिलिया ट्यारेन्टले फ्रेशवाटरले “अपत्यारिलो समयहरूमा पनि अथक रूपमा काम गरेको” र विश्वविद्यालयलाई एक मजबुत स्थितिमा छोड्ने बताइन्। तर उनको कार्यकाल विवादरहित भने रहेन।

सन् २०२१ मा सार्वजनिक भएको एक घटनामा विश्वविद्यालयले फ्रेशवाटर बसोबासका लागि सन् २०१९ मा ५ मिलियन डलरभन्दा बढीमा खरिद गरेको चार कोठे पार्नेल बंगलो १ मिलियन डलर नाफासहित बिक्री गरेको थियो। सो सम्पत्ति खरिद–बिक्रीको विषयमा उठेको विवादलाई फ्रेशवाटरले “दुर्भाग्यपूर्ण” भन्दै स्विकार गरेकी थिइन्।

उनको कार्यकालमा विश्वविद्यालय चर्चित वैज्ञानिक तथा विश्वविद्यालयकी कर्मचारी सिउक्सी वाइल्ससँग श्रम विवादमा पनि मुछिएको थियो, जसले विश्वविद्यालयलाई आलोचनाको घेरामा ल्याएको थियो।

फ्रेशवाटरले अझै दुई वर्षसम्म पदमा रहनेछिन् र यसबीचमा उनको उत्तराधिकारी चयनको प्रक्रिया अघि बढ्ने अनुमान गरिएको छ। विश्वविद्यालय प्रशासनले नेतृत्वको संक्रमण सहज बनाउने प्रतिबद्धता जनाएको छ।

सम्बन्धित समाचार

सबै