न्युजिल्याण्डमा तिहार: अक्टोबर २० मा लक्ष्मी पूजा, भाई टीका २३ अक्टोबरमा – New Zealand News Nepal (NZ News Nepal)

न्युजिल्याण्डमा तिहार: अक्टोबर २० मा लक्ष्मी पूजा, भाई टीका २३ अक्टोबरमा

   September 25, 2025  

न्युजिल्याण्डमा बसोबास गर्ने नेपाली समुदायले यस वर्षको दशैं र तिहारको उत्सव मनाउन तयारी सुरु गरेका छन्। दशैं सुरु भएसँगै दशैंको टीकाको तयारी पनि चलिरहेको छ। यहाँका नेपाली समुदायले आगामी बिहीबार दशैंको टीका लगाउने कार्यक्रम छ । यसैगरी, यस वर्ष तिहारका मुख्य पर्वको तालिका पनि निश्चित गरिएको छ- धनतेरस १८ अक्टोबर काग तिहार १९ अक्टोबर, कुकुर तिहार र लक्ष्मी पूजा २० अक्टोबर, र भाई टीका २३ अक्टोबरमा मनाइनेछ। भाई टीकाको शुभसहित भने सार्वजनिक हुन बाँकी रहेको छ।