बलीवुड निर्देशक तथा कोरियोग्राफर फराह खान न्युजिल्याण्ड आउँदै

254 Shares

बलीवुडका चर्चित निर्देशक तथा कोरियोग्राफर फराह खान नोभेम्बरमा न्युजिल्याण्ड आउँदै छन्। फिल्म “कहो ना प्यार है” को २५ औं वार्षिकोत्सवको अवसरमा ५ नोभेम्बरमा सिल्भिया पार्कमा विशेष प्रदर्शन आयोजना हुने भएको छ, जसमा फराह खान पनि सहभागी हुनेछन्।

ह्रितिक रोशन र अमिशा पट्टेलको चर्चित चलचित्र “कहो ना प्यार है” को केही दृश्य न्युजिल्याण्डमा खिचिएको थियो। चलचित्रको दोस्रो भागमा अभिनेत्री अमिशा पट्टेल न्युजिल्याण्ड बस्नको लागि आएका थिए। त्यसपछि चलचित्रका अधिकांश दृश्य साउथ आईल्याण्डको कुईन्सटाउनमा छायांकन गरिएको थियो। चलचित्रको गीत “ना तुम जानो ना हम” पनि न्युजिल्याण्डकै कुईन्सटाउनमा सुटिङ गरिएको थियो भने अर्को टाइटल गीत नर्थ आईल्याण्डमा छायांकन गरिएको थियो।

न्युजिल्याण्डमा चलचित्रप्रेमीहरुका लागि यो एक विशेष अवसर बन्ने देखिन्छ, जहाँ उनीहरूले फराह खानसँग भेटघाट गर्न र चलचित्रको विशेष प्रदर्शन हेर्न

सम्बन्धित समाचार

सबै