न्युजील्याण्डमा नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी स्टार स्ट्राइकर सबित्रा भण्डारी ‘साम्बा’ सँग विशेष Meet & Greet कार्यक्रम सम्पन्न भएको छ।
यो कार्यक्रम न्युजील्याण्डस्थित नेपालका मानार्थ महावाणिज्यदूतको पहलमा, विभिन्न खेलकुद क्लब, एनआरएनए (NRNA) तथा नेपाली समुदायका संघसंस्थाको सहकार्यमा आयोजना गरिएको थियो।
कार्यक्रममा खेलकुद मन्त्री मार्क मिचेल, न्युजिल्याण्डस्थित नेपाली मानार्थ वाणिज्यदूत दिनेश खड्काको पनि विशेष उपस्थिति रहेको थियो ।
सबित्रा भण्डारीले कार्यक्रममा उपस्थित नेपाली समुदाय र खेलप्रेमीहरूसँग आत्मीय संवाद गर्दै आफ्नो अनुभव, अन्तर्राष्ट्रिय खेल जीवनका चुनौती र भविष्यका लक्ष्यबारे विचार राखिन्। कार्यक्रममा उपस्थित समुदायका सदस्यहरूले साम्बाप्रति गर्व व्यक्त गर्दै उनलाई निरन्तर सफलता र उज्ज्वल भविष्यको शुभकामना दिएका थिए।
कार्यक्रममा न्युजील्याण्डमा बसोबास गर्ने नेपाली खेलप्रेमीहरूको बाक्लो उपस्थिति रहेको थियो ।


