न्युजिल्याण्डमा लकडाउन कहिले सम्म ? – New Zealand News Nepal (NZ News Nepal)

न्युजिल्याण्डमा लकडाउन कहिले सम्म ?

   August 25, 2021  

न्युजिल्याण्ड भरी लगाईएको लकडाउन तत्काल खुल्ने सम्भावना छैन । डेल्टा भेरियन्टका कोरोना संक्रमितको संख्या दिन दिनै बढ्दो क्रममा छ । हिजो सम्म २०-३० को हाराहारीमा देखिने संक्रमितको संख्या बुधवार दुई गुणा हुन पुग्यो । स्वास्थ्य मन्त्रालयका महानिर्देशक यस्ले ब्लुमफिल्डका अनुसार पछील्लो २४ घण्टामा देशभर ६२ जनामा कोरोनाको संक्रमण भेटिएको छ र यो क्रम तत्काल कम हुने छैन । यस्तोमा हाल देशभर लगाईएको लेभल ४ को लकडाउन कहिले सम्म जारी रहने भन्ने अन्योल छ । लकडाउनको आठौं दिन बुधवार सम्म देशमा सकृय संक्रमितको संख्या २१० पुगेको छ । संक्रमित मध्य सबै भन्दा बढी १९८ जना अकल्याण्डमा भेटिएका छन् भने राजधानी वेलिङटनमा १२ जना संक्रमित छन् । संक्रमितको संख्या हेर्दा साउथ आईल्याण्डमा अहिले सम्म एउटा पनि संक्रमित भेटिएको छैन , यो हिसाबमा साउथ आईल्याण्डलाई अहिले सम्म सुरक्षित मान्न सकिन्छ । यो अवस्थामा सरकारले साउथ आईल्याण्डमा लकडाउन हटाउन सक्ने सम्भावना रहेको बिज्ञहरुले बताएका छन् । तर पूर्ण रुपमा देशभर लकडाउन कहिले हट्ने त्यो भने समयले बताउने छ । तर कम्तिमा पनि अझै केही हफ्ता लकडाउन हुने निस्चित देखिएको छ ।